Sunday, May 30, 2010

अपरिभाषित जिन्दगी

   अपरिभाषित जिन्दगी
जति सोचे पनि केही सोच्नै नसिकए जस्तै
गर्दा गर्दै पनि केही गर्नै नसकिए जस्तै
हेरिरहँदा पनि केही देख्नै नसकिए जस्तै
निरन्तर खोज्दा पनि कहीँ केही नभेटिए जस्तै
केही नहराए पनि सधैँ केही हराए जस्तै
केही नपाउँदा पनि कति धेरै पाए जस्तै
पाउँदा पाउँदै पनि कहिल्यै केही नपाए जस्तै
हुँदा हुँदै पनि सधैं केही नभए जस्तै
केही नहुँदा पनि अलिकति केही भए जस्तै
जति हिड्दा पनि गन्तव्य कहिल्यै नटेकिए जस्तै
संसार देख्दा देख्दै पनि आफैंले आफैंलाई नदेखिए जस्तै
जति लडे पनि कहिल्यै नजितिने युद्ध जस्तै
जीवन्तता छँदाछँदै पनि अस्तित्व नै नभए जस्तै
उपस्थिति रहँदा रहँदै पनि शून्यतामा सधैं हराए जस्तै
यस्तै रहेछे जिन्दगी अर्थात यस्तै-यस्तै
अपरिभाषित परिभाषा जस्तै जिउँदा जिउँदै पनि
जिन्दगी, जिउँनै नजानिए जस्तै !
posted by khem Raj ghalr

1 comment:

  1. lala khem g gau ko lagi ramro gare ko 6 yar lala ajai ramro sanga garai hai ta

    ReplyDelete

ok all the tha right